गर्भवती भएपछि जिउ ढाक्ने ग्वाम्लाङ्ङ ठूला लुगा लगाउनु पर्छ, छरितो लुगा लगाएमा त लाजमर्नु नै हुन्छ भन्ने मान्यता छ हामीकहाँ । गर्भवती महिलाले आफ्नो बढेको पेट दुनियाले देख्लान् की भनेर पछ्यौरीले भएपनि लुकाउने प्रयास गर्छन् । तर लुकाउँदैमा कहाँ पो लुक्थ्यो र बढेको पेट ? गर्भवतीले टू पिस लगाउने कुराको त हामीले कल्पना पनि गर्न क्दैनौँ । तर आखिर गर्भवती हुनु भनेको त गर्वको विषय पो हो त । किन यसरी लजाउनु पर्यो ? गर्भवती हुँदैमा महिलाको सुन्दरता कहाँ घट्छ र ? यदि खानपान तथा व्यायाममा ध्यान दिने हो भने त सुन्दरतामा झनै निखार पो आउँछ । तर भनेर भएन । हामीकहाँ चलनै यस्तै छ ।
हाम्रो समाजमा गर्भवतीले भुँडी लुकाउने संस्कार रहेपनि हालै अमेरिकामा भने गर्भवतीहरुबीच भुँडी देखाउने प्रतियोगिता नै भएको छ । गर्भवती भएपछि सुन्दरता गुम्छ भन्ने सोँच्नेहरुलाई चक्मा दिँदै अमेरिकाको हस्टनमा गर्भवतीहरुको बिकिनी प्रतियोगिता नै आयोजना गरिएको छ ।